काठमाडौं ।। बागमती प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि बोलाइएको छ। बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो १ बजेका लागि एघारौँ अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बागमती प्रदेशमा ११० जना सांसद छन्। मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट कांग्रेस ३७ सिट सहित सबैभन्दा ठूलो दल भएको छ। दोस्रो ठूलो दल एमालेको २७ र तेस्रो ठूलो दल माओवादी केन्द्रको २१ सिट छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।