काठमाडाैं ।। गण्डकी प्रदेश सभाको अधिवेशन आउँदो सोमवार पुस १८ गतेका लागि आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गर्नुभएको हो । बैठक पुस १८ गते सोमबार दिउँसो ३ बजे सुरु हुनेछ । अधिवेशनअघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी छ । प्रदेश प्रमुख गुरुङले आज गण्डकी प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वतका निर्वाचन क्षेत्र नं १ को १ बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी गरिएको छ । प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका सबैलाई सपथ खुवाउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाका दुई र नेकपा एकीकृत समाजवादीका एक सांसद छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।