काठमाडाैं ।। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा थिए ।
बैठकको सुरुमा प्रचण्ड, नेपाल र देउवा मात्रै सहभागी थिए पछि खनाल थपिएका हुन् ।
बैठक सकिएलगत्तै माओवादीका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोतिर लागेको स्रोतको भनाइ छ । गठबन्धन बैठकमा सहमति जुट्न सकेकाे छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् ।
गठबन्धनमा कांग्रेस र माओवादीले २/२ वर्ष सरकारको नेतृत्व गर्ने र एकीकृत समाजवादीले एक वर्ष नेतृत्व गर्ने सहमति भएको छ र । तर, प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको हो । अध्यक्ष प्रचण्डले पहिलो चरणमै आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका छन् । जसमा देउवा सहमत छैनन् ।
ओलीलाई भेट्न प्रचण्ड बालकोटतिर लागे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।