काठमाडौं ।। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शपथ लिएका हुन ।स्वास्थ्यमा खराबी देखिएपछि गत मंगलबार त्रिवि शिक्षण भर्ना भएका नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आएका थिए । शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किएका छन् ।
उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल बस्नेछन् । छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल हिजो शिक्षण अस्पताल पुगेका थिए ।





