काठमाडौं ।। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन्।
बिहीबार दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ समारोहमा १४ वटा भाषामा सांसदले सफत लिए ।
धेरै पुरुष सांसदहरु दौरा सुरुवाल लगाएर गएका छन् भने महिला सांसदहरुले आ आफ्नो जातीय पोशाक लगाएका थिए । कतिपय सांसदहरुले औपचारिक पोशाक लगाएर संसदमा आएका थिए ।





