काठमाडाैं ।। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको मत गणनाको तयारी शुरू भएको छ । मतदान सम्पन्न भएर मुचुल्का समेत भएपछि गणना शुरू गर्ने तयारी भएको हो । अब नतिजाको पर्खाइ छ ।
संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् । संस्थापन पक्षका केही सांसदले मतदानपछि मतपत्रको तस्वीर लिएको भन्दै गगनले आपत्ति जनाएका छन् ।
सभापतिले सांसदहरूलाई अविश्वास गरेर आफूलाई मत हालेको तस्वीर लिन लगाएको गगनको आशंका छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।