रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा सञ्चालन भै रहेको मेयर कप क्रिकेट प्रतियोगितामा राजदेवी नगरपालिका ७ ले १३२ रनको अन्तरले राजदेवी नगरपालिका वड़ा नम्बर २ लाइ पराजित गरेको छ ।
पहिलो चरणको खेल अन्तर्गत मंगलवार भएको खेलमा राजदेवी ७ मूडवालबाको टीमले जित हासिल गरेको हो । टस जितेर पहिलो बलेवाजी गरेका मुड़वालवा टीमले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै २०६ रनको विशाल स्कोर खड़ा गरेको थियो ।
मुड़वालबाको टीमको लागि आकाश कुमार यादवले ९७ रन तथा दीपेश कुमार यादवले १९ रन बनाएका थिए । वड़ा नम्बर २ को टीमका लागि विकेश भगतले २ विकेट लिन सफल भएको थियो ।
२०७ रनको लक्ष्यको पूरा गर्नको लागि बल्लेबाजी गर्न उत्रेका राजदेवी नगरपालिका २ ले खासै उत्क्रिस्ट खेल प्रदर्शन गर्न सकेन । वड़ा नम्बर २ को बल्लेबाजले १६ ओभरमा सवै विकेट गुमाउदै ७४ रन मात्र बनाऊंन सफल भै १३२ रन ले मैच हारेको आयोजक सस्थाले जनाएको छ ।
मुड़वालवा टीमको लागि दीपेश यादवले ४ र राकेश यादवले ३ विकेट लिएका थिए । मैन अ‘ाफ दी मैच ९७ रनको योगदान दिएको आकाश कुमार यादवलाई घोषित गरिएको कृण्षा यादवले जानकारी दिएका छन । प्रतियोगिताको बाकी मैच विहिवार देखि हुने आयोजकले जनाएको छ ।
मेयर कप प्रतियोगितामा मुड़वालवाको शानदार जित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।