काठमाडौं ।। नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो । सोमबार बसेको बैठकले दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरिएको पार्टी महासचिव वेदुराम भुसालले अन्नपूर्णलाई बताए। यस्तै, प्रमुख सचेतकमा प्रकाश ज्वाला चुनिएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।