एजेन्सी ।। अफगानिस्तानमा निमोनियाका बिरामी बढ्न थालेका छन् ।हिउँद सुरु भइरहेका बेला चिसो मौसम, सरसफाईमा कमी र खराब हावाका कारण निमोनियाका बिरामी बढेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । सरकारी अधिकारीलाई उदृत गर्दै अफगानिस्तानको टोलो न्युजले यस वर्षको पछिल्लो ११ महिनामा निमोनियाबाट ९ लाख ६० हजारभन्दा धेरै बिरामी परेका जनाएको छ । जसमध्ये अधिकांश बालबालिका छन् ।अफगानिस्तानमा निमोनियाबाहेक ६ सय जनाभन्दा धेरैमा हैजा पनि पुष्टि भएको खबरमा उल्लेख छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।