रौतहट ।। विकास निर्माणमा अगाडी बढैदै गरेको गौर नगरपालिकालाई थप विकासमा अगाडी बढाउदै मेयर शम्भु साहले एकै दिनमा तिन शिलान्यास गर्नु भएको छ ।
आज बुधबार गौर नपा.–४ टिकुलियामा राम जानकि सामुदायिक भवनको शिलान्यास गर्नु भएका छन् । पछि थप हुने गरि तत्काल २५ लाखको लागतमा निर्माण हुन लागेको उक्त सामुदायिक भवनको काम गुणस्तरीय र सुबिधा सम्पन्न बन्ने भएको छ ।
त्यस्तै रौतहटकै ऐतिहासिक स्थल रहेको गौर नपा ८ पुरेनवा दरवारलाई विशेष आकर्षण प्रदान गर्ने उदेश्यले मुख्य सडकमा प्रवेशद्वार र गौर ८ मै सामुदायिक भवन निर्माण कार्यको लागि शिलान्यास गर्नु भएको हो ।
तिनवटै योजनाको शिलान्यास गर्दै मेयर साहले गुणस्तरीय कार्य गर्दै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएका छन् ।
पछिल्लो समय मयेर साह गौरको विकास निर्माणलाई पुर्ण प्राथमिता दिदै अगाडी बढीनु गौर नगरपालिको पुर्ण विकास हुने सम्भावना बढेको स्थानीयहरुको भनाई रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here