काठमाडाैं ।। निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आजसकिँदैछ । आयोगले, समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारको नामावली आजसम्म पठाउन बिहिवार राजनीतिक दलहरूलाईपत्र पठाएको थियो । आयोगले दिएको समय आज दिउँसो ४ बजे सकिनेछ । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरी पठाउन दलहरूलाई आयोगले पत्र पठाएको हो । आयोगले दिएको समय आज सकिने भएपनि दलहरूलाई भने उम्मेदवार छनौटमा समस्या देखिएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १ सय ४ सिट पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो ।यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको काँग्रेसले प्रतिनिधि सभामा ३२ र बाँकी प्रदेश सभामा पाएको छ । ४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र बाँकी प्रदेश सभामा पाएको छ । २४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७ र बाँकी प्रदेश सभामा सिट पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ ।जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल सङ्घीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here