एजेन्सी ।। रातो मासुः रातो मासुमा फ्याटको मात्रा बढी हुन्छ भने फाइबर अन्यन्तै कम। यसमा एउटा भिन्न प्रकारको प्रोटिन फाइबर पाइन्छ, जसलाई पचाउन पेटले धेरै समय र इनर्जी खर्चिनुपर्छ। यसले कब्जियत गराउँछ।
दूधः दूधमा फ्याटको मात्रा बढी हुन्छ। त्यसैले कब्जियत भएको मानिसले बढी मात्रामा दूध पिउने गरेमा पाचन प्रक्रिया कमजोर बन्न पुग्छ। साथै, दूधमा पाइने ल्याक्टोजले पेटमा ग्यास उत्पन्न गराउँछ।
काँचो केराः काँचो केराको सब्जी मिठो मानेर खाने धेरै छन्। तर, काँचो केरामा पाइने स्टार्चले कब्जियत बढाउने काम गर्छ।
चिजः दूधमा जस्तै चिजमा पनि फ्याट र ल्याक्टोजको मात्रा बढी हुन्छ। यसले पेटमा ग्यास बढाउँछ र कब्जियत गराउँछ।
तारेको खानाः तारेको खानामा फ्याटको मात्रा उच्च हुन्छ। जसले गर्दा यस्तो खाना पच्न अप्ठेरो हुन्छ। फ्रेन्च फ्राई, चिकेन फ्राईलगायत खानामा पच्नका लागि आवश्यक फाइबरको मात्रा ज्यादै कम हुन्छ। त्यसैले कब्जियत भएकाले भरिसक्के तारेका खानेकुरा नखाँदा राम्रो !
कफीः कब्जियतको समस्या भएकाले कफी पिउने बानी तुरुन्तै छोड्नुपर्छ। कफी पिउनाले शरीरमा पानीको मात्रा कम हुन जान्छ। पानीको कमीले कब्जियत अझ बढ्न सक्छ।
सुगरः चिनी बढी मात्रामा पाइने खाना, जस्तो कि केक, मिठाई, कुकिज आदिले कब्जियतको समस्या बढाउने गर्छ। किनकि, यस्ता खानामा फ्याट बढी हुन्छ भने फाइबर एकदमै कम हुन्छ। गुलियो खानेकुराले पाचन क्रियालाई बिगार्ने र कब्जियत बढाउने गर्छ।
मैदाः मैदाबाट बनेको ब्रेड, पिज्जा, बर्गर आदि खानेकुरा कब्जियतलगायत पेटसम्बन्धी बिरामी भएका मानिसले नखानु नै राम्रो हुन्छ। जंक फुडलाई पनि यस्तै खानाको सूचीमा राख्दा हुन्छ।
अन्डाः कब्जियतको समस्या भएकाले अन्डा नखानु राम्रो हो। यसमा फाइबरको मात्रा अत्यन्तै कम हुन्छ। अन्डा खानाले शरीरमा फ्याटको मात्रा बढ्छ।
चकलेटः चकलेटमा पाइने क्याफिनले डिहाइड्रेसन गराउँछ। कब्जियतको बिरामीले चकलेटबाट टाढै बसेको राम्रो !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here