काठमाडाैं ।। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान साढे चार बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जानकारी दिएको छ ।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उहाँको मध्यविन्दु अस्पताल डण्डामा सामान्य उपचार पछि भरतपुर रेफर गरिएको छ । अन्यको डण्डामै उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको पाठकले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












