काठमाडौँ ।। इन्टरनेटको पहुँच बढेसँगै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या पनि बढ्दै गएको छ । साक्षर वा निरक्षर दुवै थरीका नागरिक समाजिक सञ्जालमा आकर्षित हुँदै गर्दा प्रहरीप्रशासनमा भने अनलाइनबाट हुने हिंसाका उजुरी तथा घटना बढेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत साउनदेखि हालसम्म अनलाइनबाट हिंसा भएको भन्दै २ हजारभन्दा धेरै उजुरी परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एव सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार राय सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै विभिन्न किसीमका उजुरीहरू आउन थालेको बताउनुभयो। एक महिनाअघि नेपालमा डिजिटल अधिकार सम्बन्धी काम गर्ने ‘बडी एन्ड डेटा’ संस्थाले गरेको अध्ययनमा सहभागी १ सय १६ जना मध्ये ८६ प्रतिशतले कुनै न कुनै प्रकारको अनलाइन हिंसा भोगेको बताएका थिए । अनलाइन र इन्टरनेटको प्रयोग आफैमा नराम्रो नभए पनि सहि तरिकाबाट यी दुवै माध्यमको प्रयोगको बारेमा सचेतना जगाउनुपर्ने एक जना अनुसन्धाता निलम शर्माले बताउनुभयो । इन्टरनेटको प्रयोगले मानिस एकै छिनमा संसार घुम्न सक्छ । तर इन्टरनेटको दुरुपयोग गर्ने व्यक्ति वा गिरोहबाट बच्नु अझ महत्वपूर्ण छ ।सही तरिकाले इन्टरनेटको प्रयोग नगरिँदा शारीरिक तथा मानसिक हिंसादेखि ठगीका घटना समेत बढेको विभिन्न अध्ययनले देखाउँछ । यसबाट बच्नका लागि आफन्त, चिनेजानेका साथीभाइसँग सावधान हुनुपर्ने विज्ञहरू बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here