रौतहट।। रौतहट जिल्लाको गरुडा नगरपालिकाका निमित प्रमुख प्रसाशकीय अधिकृत , लेखपाल , इंजिनियर र उपभोक्ता समितिका अध्यक्षले मिलोमतो गरी काम नै नभएको योजनाको भुक्तानी गरेको रहस्य खुलेको छ ।
स्थानीय वड़ा नम्बर ६ पोथियाहीमा १५ सय मीटर ग्रेभल गर्ने योजनाको रकम निमित प्रमुख प्रसाशकीय अधिकृत राम बाबू यादव , इंजिनियर संजय यादव , लेखपाल कुमार ठाकुर र उपभोक्ता समितिका अध्यक्षले ३८ लाख रुपैया विना कार्य संपन्न भएको अवस्थामा निकासा गरी अनियमितता गरेको भनी परेको उजुरिको आधारमा जिल्ला प्रसाशन कार्यालय रौतहटबाट प्रशासकीय अधिकृत मनीष झा को नेतृत्वमा गएको अनुगमन टोलीले योजनाको फाइल नियंत्रणमा लिए पछि सो रहस्य बहिरिएको हो ।
विना कमिशनको भुक्तानी नगर्ने निमित प्रमुख प्रसाशकीय अधिकृत यादवको कारण नगरपालिकामा भ्रस्टाचार उच्च स्थानमा पुगेको छ ।
दरोगा रायको घर देखि राम प्रवेश साह को घर सम्म , राम प्रबेश साहको घर देखि ललित साह को खेत सम्म , ललित साह को घर देखि चलित्तर साह को घर सम्म , हरिन्द्र चौधरीको घर देखि राम जानकी मठ सम्म र रामजानकी मठ देखि पानी तयांकी सम्म को १५ सय सड़क ग्रेभल गर्ने योजना स्वीकृत भएकोमा सो टुक्रे योजनामा लगत स्टीमेट अनुसार काम नभएको पाइएको प्रसाशकीय अधिकृत झा ले बताएका छन ।
इस्टीमेट अर्को र काम फरक देखिएको , करीव १२ सय मीटरमा काम नै नभएको अवस्थामा देखिएको झा ले बताए । कानून विपरीत काम नभएको योजनाको एक मुस्ठ ३८ लाख कार्य संपन्न प्रतिबेदन त्यार पारी भुक्तानी दिइएको उहाले बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको आदेशमा गएको प्राविधिक सहितको अनुगमन टोलीले योजनाको महत्वपूर्ण कागजात नियंत्रण लिएको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ ।
स्वास्थ्य सेवा बाट राजनितिक शक्तिको आड़मा प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेवारी पाएका यादवले खुलेयाम नगरपालिकामा लूट मचाएको गुनासो स्थानीयहरुको रहेको छ ।
करार सेवामा रहेका इंजीनियर संजय यादवले प्रतिबेदन त्यार गरे पछि सो योजनाको रकम भुक्तानी भएको छ । लेखा अधिकृत ठाकुर र सहायक लेखपाल राम विनोद साह सेवाग्राही हरु सित ४० प्रतिशत सम्म कमीशन मांगने गरेको बुझिएको छ ।
कमीशन दिएपछि नभएको कामको पनि भुक्तानी गर्ने निमित प्रमुख प्रसाशकीय अधिकृत यादव कमीशन नदीए भएको कामको पनि भुक्तानी नगर्ने गरेको स्थानियहरुको आरोप रहेको छ ।





