राैतहट ।। गाैर नगरपालिकाका नगरप्रमुख शम्भ साहले परिवार नियोजन शिविरको विहिवार अनुगमन गर्नु भएको छ । स्वास्थ्य कार्यालय राैतहटको आयोजना तथा सुनाैलो नेपालको आर्थिक सहयोगमा सन्चालित भ्याकसोटोमी तथा मिनील्याप अपरेसन शिविरकाे गाैर नगरपालिका वडा नम्बर ६ मा अनुगमन गर्नु भयाे । साे अवसरमा वडा अध्यक्ष साह , गाैर नगरपालिकाका स्वास्थ्य संयोजक प्रमोद यादव लगायतका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । नगर प्रमुख साहले घुम्ति शिविरको हाल सम्मको प्रगति बारे जानकारी लिदै परिवार नियोजन शिबिरको लाभ लिन जनसमुदाय संग अनुराेध गर्नु भयाे । शिबिर २०७९ मंसिर १५ गते देखि १६ गते सम्म भैरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here