काठमाडौं ।। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्ने लगभग निश्चित भएको छ ।
पछिल्लो मतगणनाअनुसार पार्टीले कुल दुई लाख ९० हजार १७४ मत प्राप्त गरेको छ । जुन तीन लाख थ्रेडहोल्ड कटाउने निश्चितजस्तै देखिन्छ।
नेपालको कानुनअनसार कुनै पनि पार्टीलाई राष्ट्रिय दल बन्नका लागि सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ । कुल एक करोड १ लाख ७१ हजार ३६३ मतमा अब करिब पाँच प्रतिशतमात्रै मत गन्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here