काठमाडौँ ।। प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार कूल ८७ लाख १ हजार ९९९ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा ९एमाले० ले २३ लाख ९१ हजार सात सय ७८ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ८३ हजार ६९० मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा ९माओवादी केन्द्र० ले नौ लाख ९९ हजार ८९० मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ५८ हजार सात सय ३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ९ हजार चार सय ४२ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टीले तन लाख तिन सय ३०, नेकपा ९एकीकृत समाजवादी० ले दुई लाख ३५ हजार तिन सय ५९ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले दुई लाख ३५ हजार आठ सय १, नागरिक उन्मुक्ति पार्टीले दुई लाख १ हजार पाँच सय आठ, लोकतान्त्रिक समाजवादी पार्टीले १,२२,६३६, नेपाल मजदुर किसान पार्टीले ७०,३५९, हाम्रो नेपाली पार्टीले ४९,०९०, राष्ट्रिय जनमोर्चाले ४३,३९७ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३,८९७ मत प्राप्त गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १,४९७ मत प्राप्त गरेको छ ।





