राैतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ मा बुधवार राति आगलगी हुदा ठूलो जनधनको क्षति भएको छ । राति करीव १२ बजेको समयमा स्थानीय मोहम्मद इश्लामको घरमा आगलगी हुदा घरमा सूती रहेका तीन जना बाल बालिकाको जलेर मृत्यु भएको हो ।
इश्लामले सञ्चालन गरेका इश्लाम सिरक डासना उद्योगमा रहेका कपासमा आगो लाग्दा इश्लामको ९ वर्षीय छोरी रुकसाना खातून , ७ वर्षीय छोरा इमरान मंसूरी र ५ वर्षीय छोरी सवीना खातूनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना परी २५ वर्षीय मोहम्मद इसलमाइल, २४ वर्षीय नसीमा खातून र ८ वर्षीय बालक इमरान घाइते भएका छन ।
घटना भएको घरको सँगै रहेका जाकिर हुसैनको मोटर साइकल गैरेजमा क्षति पुगेको छ । गैरेजमा रहेका मशीनरी पार्ट पुर्जाको साथै मरमत गर्न राखिएको मोटर साइकलहरुमा क्षति पुगेको पीडि़तले जनाएको छ ।
नेपाल प्रहरी ससश्त्र प्रहरी , नेपाली सेनाको टोलीले गौर नगरपालिकाको बारुण यन्त्र को सहायताले आगो नियंत्रणमा लीन सफल भएका छन ।
आगलगी बिधुत सर्ट सर्किट बाट हुन सकिने आशंका गरिएको छ । घटनामा घरमा भएको अन्न लता कपड़ा ,कपास लगायतका सम्पूर्ण सामान जलेर नस्ट भएको छ । करीव २० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाको जानकारी पाए लगतै गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह पीडि़त परिवारलाइ तत्काल राहत उपलब्ध गराएको छ ! नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं रौतहट क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सदस्य माधव कुमार नेपाल , प्रदेश सांसद नागेन्द्र साह , प्रदेश सांसद प्रत्यासी राज किशोर यादव पुगेर पीडि़त परिवारलाइ सान्तवना दिदै सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छन ।
नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापति समेत रहेका यादवले पीडि़त परिवारलाई तत्काल लता कपड़ा ,भाड़ा वर्तन सहयोग गरेका छन ।
Home प्रदेश समाचार मधेश प्रदेश गाैरमा आगलगी हुदा ठूलो जनधनको क्षति ,परिवारलाइ सहयोग गर्ने पुगे पूर्वप्रधानमन्त्री नेपाल





