मकवानपुर ।। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृतकको सनाखत हुन बाँकी छ । इन्द्रसरोवर गाउँपालिकाको सल्लेमा सुमो दुर्घटना भएको हो । काठमाडौंबाट हेटौँडा आउँदै गरेको ९ जना सवार सुमो भिरबाट तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । अहिले प्रहरी उद्धारका लागि घटनास्थल खटिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here