धनुषा ।। प्रतिनिधिसभासभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले अग्रता कायम राखेकी छन् ।
१३ हजार ६६१ मत गणना हुँदा महतोले ६ हजार २४३ मत पाएकी छन् । उनका प्रतिस्पर्धी तथा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका लोसपा नेपालका नेता अनिलकुमार झाले ४ हजार ४३३ मत पाएका छन् ।
यस्तै, जनमत पार्टीका शम्भुनाथ साहले एक हजार ८४१ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म जनकपुरधाम वडा नं. १५ र २० तथा धनौजी वडा नं. १, २, ३, ४ र ५ वडाको मतगणना सम्पन्न भएको छ ।





