धनुषा ।। धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार जुली कुमारी महतो पूजा आराधना गर्न थालेकी छिन । उनले मंगलबार विहानदेखि जनकपुरधाम उपमहानगरपालिका ८ स्थित संकटमोचन मंदिरमा हनुमान आराधना गराउँदै छिन । महतो प्रारम्भिक नतिजा अनुसार १११३ मतले अग्रस्थानमा छिन । उनले ११ हजार ३ सय ४७ मतगणना हुँदा ४९९५ मत प्राप्त गरेकी छिन भने उनलाई पाँच दलीय गठबन्धनका उम्मेदवार अनिल कुमार झा ३८६६ मत ल्याएर पञ्छियाइ रहेका छन ।
उनी निर्वाचन क्षेत्र नं. ३ बाट एमाले जसपाका साझा उम्मेदवार हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here