सांकेतिक तस्विर

चितवन ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई समाचार भन्ने मान्छे उम्मेदवार बन्न आएको भन्दै व्यंग्य गरेका छन्।
चितवन सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै ओली उक्त टिप्पणी गरेका हुन्।
‘मैले सुनेको छु, यस क्षेत्रमा अनेक थरीका मान्छे उठ्या छन्। कोही बिरामी जाँच्नुपर्ने अस्पताल छाडेर यता आएका छन्। कोही टेलिभिजनमा समाचार भन्नुपर्ने मान्छे त्यो छोडेर यता आएका छन्,’ ओलीले भने, ‘कोही के गर्नुपर्ने, कोही के गर्नु पर्ने मान्छे चिन्नु न जान्नु कता हिँडेको हो थाहा छैन। घण्टी बजाएका छन्। बाटो सोधेका छन्।’पूर्वसञ्चारकर्मी लामिछाने चितवन-२ मा उम्मेदवार छन् ।  त्यहाँ एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार छन् । चितवन-३ मा माओवादी केन्द्रका उम्मेदवार डा. अधिकारी हुन् भने त्यहाँ एमालेले कांग्रेसका बागी दिनेश कोइरालालाई सघाएको छ ।कोइरालालाई ओलीले राजनीतिक मान्छे भएको भन्दै भोट मागेका छन् । रहर लागेर कोइराला स्वतन्त्र उम्मेदवार नबनेको ओलीको भनाइ थियो । कांग्रेसको केन्द्रीय सदस्य भइसकेको व्यक्ति दिनेश कोइराला निर्वाचित हुने विश्वास ओलीले लिएका थिए । लामिछाने राजनीतिमा आउनुअघि टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here