काठमाडौं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने बताएका छन् । लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोखा दिएको टिप्पणी गरे ।
ओली बाध्य भएरमात्रै संविधान बनाउन मानेको उल्लेख गर्दै संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाए ।
उनले भने, ‘उनले हिटलरको जस्तो शासन गर्न खोजेका रहेछन् । हामीले त्यसको प्रतिवाद गर्यौँ । राष्ट्र र जनताको लागि गठबन्धनलाई अध्याधिक बहुमतले जिताउन जरुरी छ । गठबन्धनलाई चुनावसम्म मात्रै होइन । कतिपयले भन्छन् चुनावपछि अर्कै हुन्छन् कि भनेर । त्यस्तो हुँदैन। उपलब्धिमाथि खतरा रहेसम्म दश/पन्ध्र, बीस वर्षसम्म जावस् । अब अर्को प्रयोग हुँदैन ।’ उनले ओलीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको बताउँदै अब फेरि मिल्न नजाने प्रष्ट पारे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here