एजेन्सी ।। आमाबाबुहरु आफ्नो सन्तानको स्वास्थ्यलाई लिएर हरदम चिन्तित रहन्छन्। बालबालिकाको स्वास्थ्यमा आएका सानातिना परिवर्तनले पनि आमाबाबुको भावनामा निकै हलचल ल्याउँछ। साना बच्चाहरुको प्रतिरोधी प्रणाली ठूलो मानिसको तुलनामा कमजोर हुन्छ। उनीहरुलाई चाँडै चिसो लाग्छ, चाँडै संक्रमण सर्छ र रुघाखोकी पनि चाँडै लाग्छ।
केही अवस्था यस्ता पनि हुन्छन्, उनीहरुको निधार तातो लाग्छ। तर थर्मोमिटरले केही पनि देखाउँदैन। किन यस्तो हुन्छ,?
१. बाहिरी तापक्रमका कारण
जब बाहिरी तापमान गर्मी, आद्र्रता हुन्छ, त्यस्तो बेला पनि बच्चाको निधार तातो हुन्छ। यस्तो वातावरणले बच्चाको स्वास्थ्यमा पनि असर पर्छ। यदि एसीयुक्त कोठामा बसिरहेका बालबालिकाहरु चर्को घाममा बाहिर निस्कन्छन् र बढी समय बस्छन् भने निधार तातो हुनसक्छ। बढी समय चर्को घाममा बस्छन् भने शरीरमा ¥यासेज हुने सम्भावना हुन्छ। यसैले बालबालिकालाई बढी ध्यान पुर्‍याउनुपर्छ।
२. धेरै कपडा लगाउँदा
बच्चाको शरीर नाजुक हुन्छ। उनीहरुलाई चाँडो चिसो या गर्मीले असर गर्नसक्छ। यसैले गर्मी मौसम आउँदा पनि आमाबाबुले बच्चालाई धेरै कपडा लगाइदिन्छन्। यसले बच्चालाई असहज हुन्छ र निधार तातो बन्छ। त्यसैले गर्मी मौसममा बच्चालाई सुती कपडा लगाइदिनुपर्छ र चिसो मौसममा पनि आवश्यकभन्दा बढी कपडा लगाइदिनुहुन्न।
३. दाँत आउने समयमा
यो बच्चाको निधार तातो हुने सबैभन्दा सामान्य कारण हो। जब बच्चाको दाँत आउन सुरु हुन्छ, त्यस्तो अवस्थामा निधार तातो हुन्छ। यस्तो अवस्थामा ज्वरो आउन सक्छ र बढी रुन्छन् पनि। तर चिकित्सकका अनुसार यस्तो समयमा बच्चालाई ज्वरो आउँदैन। बरु तनाव र एन्जाइटीका कारण निधार तातो हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here