रौतहट ।। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार र समर्थकको दौडधुप बढेको छ । मतदातालाई मत माग्न उनीहरूलाई भ्याइ नभ्याई हुँदा मधेश प्रदेशका मतदातामा भने निर्वाचनप्रति खास उत्साह देखिएको छैन । मधेश प्रदेशमा प्रतिनिधि सभातर्फ ३२ र प्रदेश सभा तर्फ ६४ वटा निर्वाचन क्षेत्र छन् । जसमा प्रतिनिधि सभाका लागि ४ सय ३८ र प्रदेश सभाका लागि ९ सय ४७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । धेरैजसो उम्मेदवारका प्राथमिकतामा ठूला सपना र भौतिक विकासका कुरा मात्र छन् । उम्मेदवारले भौतिक विकासमा मात्र ध्यान दिँदा सामाजिक विकासको विषय ओझेलमा परिरहेको सिरहा क्षेत्र नम्बर ४ का मतदाताहरुको भनाई रहेको छ । मधेश प्रदेशमा झण्डै ३४ लाख मतदाता छन् । सबैजसो उम्मेदवारले मतदातालाई आकर्षित गर्ने विशेष योजना बनाउन सकेका छैनन् । उनीहरू ‘आफूले जिते राम्रो हुन्छ’ भन्ने बनिबनाउ कुरा गरिरहेको रौतहटका मतदाताको गुनासो छ । महोत्तरी क्षेत्र नम्बर २ का सन्तोष साहले उम्मेदवारले युवा लक्षित योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । निर्वाचनमा उम्मेदवारले आम नागरिकलाई छुने खालका योजना बनाउन र त्यसको कार्यान्वयन गर्न नसकेको भनेर पटक पटक आलोचना हुने गरे पनि उम्मेदवारको त्यो बानीमा सुधार नभएको आम मतदाताको अनुभव छ ।
Home प्रदेश समाचार मधेश प्रदेश मधेश प्रदेशका मतदातामा निर्वाचनप्रति उत्साह देखिएन,उम्मेदवार र समर्थकको दौडधुप बढ्यो
मधेश प्रदेशका मतदातामा निर्वाचनप्रति उत्साह देखिएन,उम्मेदवार र समर्थकको दौडधुप बढ्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।