काठमाडौँ ।। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ । निर्वाचनको ३ दिन पहिले नै मौन अवधि सुरु हुने भएकाले दल र दलका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । देशभर चुनावी माहोल बनेकाले उम्मेदवारहरूलाई चुनावी कार्यक्रम गर्न भ्याइनभ्याई छ । पार्टीका शीर्ष नेतादेखि नेता कार्यकर्ता सबै यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । मतदाताको घरघरमा जाने र मत माग्ने कामले निकै नै तीव्रता पाएको छ । गाउँघरमा पनि चुनावी चहलपहल बढेको छ । यसैबीचमा अघिल्लो कार्यकालमा जितेर प्रतिनिधि सभा हुँदै सरकारको नेतृत्वमा पुगेकाहरूले समेत आफ्नो क्षेत्रलाई चासो नदिएको ललितपुर क्षेत्र नम्बर ३ का मतदाताले गुनासो गरेका छन् । ललितपुर क्षेत्र नम्बर ३ को बुङ्मती क्षेत्रमा यस पटकको निर्वाचनमा उम्मेदवारहरू खासै पुगेका छैनन् । तर, आफ्नो क्षेत्रको लागि काम गर्नेहरूलाई नै मतदान गर्ने मतदाताहरूको विचार छ । विशेषगरी गुणस्तरीय शिक्षा र स्वास्थ्य, बाटोे, सिँचाइ, उत्पादनको बजारीकरण लगाएतका क्षेत्रमा मूख्य चासोका विषय रहेको ललितपुर क्षेत्र नम्बर १ का मतदाताहरू बताउँछन् । उम्मेदवारलाई यहि व्यवस्था गर्न अनुरोध गर्ने ललितपुरको प्यूटारका निखिल थिङले बताउनुभयो । गुनासो धेरै रहे पनि सहि प्रतिनिधि चुन्ने सबैभन्दा उपयुक्त अवसर भएकाले कतिपय मतदाता उत्साही पनि छन् । उनीहरू आफ्नो कर्मथलोबाट मतदान कै लागि गृह जिल्ला आउने तयारीमा छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here