डडेलधुरा ।। प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचार अभियानका क्रममा बिहीवार गृहजिल्ला डडेलधुरा पुगेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनी प्रतिनिधि सभा सदस्य पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।
गठबन्धनले जिल्लाको बागबजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न देउवा गृहजिल्ला पुगेका हुन् । उनी गृहजिल्ला पुग्दा गठबन्धन दलका कार्यकर्ताहरूले स्वागत गरेका छन् । अहिले चुनावी सभा जारी छ । सभामा गठबन्धनका नेता कार्यकर्ताहरूको धेरैको संख्यामा उपस्थिति रहेको छ । देउवाले डडेलधुराबाट २०४८ यताका सबै चुनाव जित्दै आएका छन् । यसपटक उनी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूको समर्थनमा उम्मेदवार बनेका छन् ।
देउवाको गृहजिल्लामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित यो पहिलो सभा हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here