काठमाडाैं ।। यसपटकको खण्डग्रास सूर्य ग्रहण आज साँझ ४ बजेर ४७ मिनेटदेखि अवलोकन गर्न सकिने भएको छ । नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ । काठमाडौँबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिनेवीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्राहलय विकास समितिले जनाएको छ । नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम–दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ। खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर सूर्य ग्रहणलाई अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रने सम्भावना रहन्छ। साथै एक्स रे, प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन। हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ।सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका विषयमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन सकेका छैनन्।
खण्डग्रास सूर्य ग्रहण आज साँझ ४ बजेर ४७ मिनेट देखि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।