काठमाडाैं ।। नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अदालतले चौथोपटक २ दिन म्याद थपका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले लोकान्तरलाई जानकारी दिए ।
सन्दीपमाथि १७ वर्षीया किशोरी बलात्कारको आरोप छ ।सन्दीपले भदौ ५ गते होटलमा लगेर बलात्कार गरेको आरोप किशोरीले जाहेरीमा लगाएकी छन् ।
सन्दीप असोज २० गते विदेशबाट फर्किएपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।
सन्दीपले जाहेरीकर्ता युवती १८ वर्षभन्दा माथिको रहेको दाबी गर्दै आएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।