काठमाडाैं ।। रुसमा गाभिएको युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनमा सैनिक शासन लागू गर्ने सम्बन्धी आदेश जारी गर्दै सैनिक शासन लागू भएको घोषणा गर्नुभएको हो । ती क्षेत्रमा शान्ति बहाल गर्न र रुसी जनताको संरक्षण गर्न कदम चालिएको उहाँको भनाइ छ । पुटिनको उक्त आदेशसँगै ती क्षेत्रमा रहेका रुसी सैनिकलाई थप अधिकार प्राप्त हुनेछ । ती क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने अधिकार पनि सैनिकहरूलाई दिइएको छ ।साथै राष्ट्रपति पुटिनले गाभिएका क्षेत्रका स्थानीय अधिकारीहरूसँग समन्वय गरी काम गर्न रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनको नेतृत्वमा समन्वय समिति पनि बनाउनु भएको छ । पुटिनले जारी गर्नुभएको आदेशमा युक्रेनँंग सीमा जोडिएका क्राइमियालगायत आठ वटा क्षेत्रमा विशेष आर्थिक कार्यक्रम सञ्चालन गर्न पनि आदेश दिइएको छ ।
रुसमा गाभिएको युक्रेनका चार क्षेत्रमा सैनिक शासन लागू
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।