काठमाडाैं ।।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा गरिएको खर्च विवरण बुझाउन समानुपातिक बन्दसूचीमा समावेश उम्मेदवारलाई कात्तिक ५ गतेसम्मको समय तोकेको छ । आयोगले आगामीप्रदेश तथा प्रतिनिधि सभासदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश उम्मेदवार मध्ये स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका ४ सयभन्दा धेरै उम्मेदवारलाई जरिवाना बापतको रकम कात्तिक ५ गतेभित्र बुझाउन भनेको हो । आयोगका सचिव एवं मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जरिवना नबुझाए नाम हटाइने जानकारी दिनुभयो । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको उम्मेदवारीका लागि उम्मेदवार बन्न रोक्ने किसिमको बहालवाला पदबाट असोज २३ गतेअघि नै दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिएको छ ।





