काठमाडाैं ।। गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरू भएको छ । पोखरा रगंशालामा बिशेष समाहरोकाबीच प्रतियोगिता उद्घाटन गर्ने तयारी भइरहेको छ । अहिले बिभिन्न स्थानबाट झाँकीहरू प्रर्दशन हुने क्रम चलिरहेको छ । केहीबेरमा उपराष्ट्रपति नन्दबहादुर पुनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुने छ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले उद्घाटन गर्न लाग्नुभएको हो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । प्रतियोगितामा बिभिन्न ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here