काठमाडाैं ।। भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा ५ सयभन्दा बढीको मृत्यु भएको छ । बाढीमा परेर एक हजार ५ सय ४६ जना घाइते भएका छन् । हालसम्म नाइजेरियाका ३१ राज्य र संघीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा सात लाख ९० हजार २५४ जना विस्थापित भएका त्यहाँको मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । बाढीबाट ४४ हजारभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त, ४५ हजार घर पूर्ण रूपमा क्षतिग्रस्त र एक लाख ४० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here