रौतहट ।। पूर्वप्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको पहलमा रौतहटका अढाई सय युवाहरुलाई मलेशिया रोजगारको लागि अवसर प्रदान गरिएको छ ।
निशुल्क सुविधामा मलेशिया रोजगारमा जान आवेदन दिएका करिब ५ सय जना रौतहट सहित अन्य जिल्लका युवाहरु मध्ये दूई सय पचास जनालाई चयनित गरिएको समन्वयकर्ता गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताउनु भएको छ ।
नगर प्रमुख साहले भन्ने, अध्यक्ष माधव कुमार नेपालको पहल र प्रयासले बैदेशिक रोजगारमा मलेशियाका लागि १०० सीट आरक्षित गरेका थिए जसलाई अन्तरवार्तामा देखिएको उत्साहको मध्यनजर गर्दै सो संख्यालाई बृद्धी गर्दै दुई सय पचास जना पुर्याई छनौट गरिएको बताए ।
मेयर साहले, मलेशिया जाने सबै प्रकृया निशुल्क रहेकोले कुनै प्रकारको रकम नदिन चयनित सबैलाई अनुरोध गर्दै, कसैले रकम मांग गरेमा कार्डको पछाडि उल्लेख रहेको नम्बरमा गुनासो गर्नु समेत आग्रह गरे ।
नगर प्रमुख साहले, स्वदेशमा रोजगारका अवसर नरहेकै कारण मैनपावर वा एजेंटबाट कोई नठगिनु, अनावश्यक खर्च नलागोस भनेर हामीले यो अवसर ल्याएका छौ । हाम्रा पार्टी र अध्यक्ष नेपालले चुनाव पछि बन्ने हाम्रा सरकारले, युवा शक्तिहरुलाई बिदेश पलायन हुनबाट रोक्न र प्रत्येक स्थानीय तहमा रोजगारी सृजना गर्न प्रतिवद्ध रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here