रौतहट ।। गौर चन्द्रपुर राजमार्ग स्थित जयनगर हस्पिटल नजिक रोडमा कल्भर्ट निर्माण भइरहेको खाल्डोमा खसेर एकजनाको मृत्यु भएको छ। गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको खाल्डोमा खसेर आज बुधवार बिहान देवाही गोनाही नगरपालिका-३ देवाही निवासी रामएकबाल साह तेलीको मृत्यु भएको हो।
घरबाट साईकल चढेर गौर जान लागेको तेली जयनगर हस्पिटल अगाडि अन्य गाडी संग साइड लिनेक्रममा खाल्डोमा खसेर मृत्यु भएको देवाहीका पूर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले बताएका छन् । घटना भएलगतै देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल घटनास्थल पुगेर कल्भर्ट अधुरो छोडेका ठेकदारलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन कानुनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन ।
मृतकका आफन्तहरु शवलाई बाटोमा राखेर क्षतिपूर्ति तथा कार्वाहीको माग गर्दै आन्दोलन गरिरहेका छन । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण कुमार सिंहले दुबै पक्षका मानिसलाई राखेर वार्ता भैरहेको बताएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here