काठमाडौँ ।। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेकी उनीमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।
उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यही अवस्था कायम रहेमा सम्भवतः भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी गराइन्छ ।”
यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here