रौतहट ।। रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै खेतमा लगाइएको बालीलाई जंगली जनावरबाट बचाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाले जानकारी दिए ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here