काठमाडाैं ।। क्युबा सरकारले समलिङ्गी विवाहलाई मान्यता दिने भएको छ । आइतबार भएको जनमत सङ्ग्रहमा झण्डै दुई तिहाइले नयाँ परिवार संहितालाई समर्थन गरेका हुन् । नयाँ कानुनले महिलाहरुलाई थप अधिकार दिएको त्यहाँको निर्वाचन आयोगले बताएको छ । कुल मतदातामध्ये ३९ लाखभन्दा बढी ६६ दशमलव ९५ प्रतिशतले संहिताको पक्षमा मत दिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । सय पृष्ठको परिवार संहिताले समलिङ्गी विवाहलाई वैध बनाउँदै जोडीलाई बच्चा अंगीकार गर्ने बाटो खुला गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here