सल्यान ।। सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मुत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहानपख कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा रा १ ज ५६३ नम्वरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।प्रहरीका अनुसार सल्यान कपुरकोट गाउँपालिका ६ जलबाँङका २१ वर्षका चालक जितबहादुर बोहोरा, ३७ वर्षका धर्मा ओली, ४० वर्षका टोपबहादुर ओली, ११ वर्षका बसन्त ओली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल ओली, ५५ वर्षका कुमारी ओली, ३५ वर्षका ललित ओलीको घटनास्थलमै मृत्यु भएको हो।घाइते भएका कपुरकोट गाउँपालिका ६ जलबाँङ कै ३५ वर्षका तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ।नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि छुटेको जीप बिहान करिब २ बजेतिर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here