काठमाडाैं ।। सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनले दिनहुँ जसो छलफल गरे पनि निर्णयमा पुग्न नेताहरूलाई समस्या भएको छ । गठबन्धनमा रहेका ५ दलका नेताहरूका आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो । प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि सिट बाँडफाँट गर्न भन्दै दलका शिर्ष नेताहरू छलफलमा बसेपनि निश्कर्षमा पुग्न भने सकेका छैनन् । तर छलफल सकारात्मक भएको नेताहरूको दाबी छ । हिजोको बैठकमा छलफल सकारात्मक भएको र आजदेखि प्रदेश तहको सिट बाँडफाँटको बारेमा छलफल सुरु गर्न लागिएको सिट बाँडफाँट कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले सीआईएनलाई जानकारी दिनुभयो । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।