काठमाडाैं ।। जापानमा आएको नान्माडोल नामक आँधीका कारण ९० लाख मानिस प्रभावित भएका छन् । हालसम्मकै सबैभन्दा ठूलो समुद्री आँधीको रुपमा मानिएको नान्माडोलका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । ९० लाख मानिस घरबारबिहीन बनेका छन् । आइतवार जापान सरकारले दक्षिणी द्वीप क्यूशु नान्माडोल नामक आँधी आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । जापानी मौसम वैज्ञानिकहरूका अनुसार नान्माडोल आँधी आगामी केही दिनसम्म जापानको प्रमुख द्वीप होन्शू हुँदै बाहिरिने छ । आँधीका कारण ३ लाख मानिस अन्धारमा बस्न बाध्य भएका छन् । विद्युत अवरुद्ध भएपछि उनीहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् । यस्तै आँधीका कारण जनजीवन प्रभावित बनेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।