रौतहट ।। रौतहट जेठो नगरपालिका गौरका नागरिक सचेत नागरिकको रुपमा परिचित रहेको छ । नगर प्रमुख शम्भु साहले आज नगर सरसफाई प्रति अग्रसर रहनु भएको छ । हिजो बुधवार मात्र नगर क्षेत्र भित्रको चोक चोकमा फोहर व्यवस्थापनकाे लागि स्टीलेलेस डस्टविन राख्ने अभियान नै संचालन गर्नु भएको छ ।
नगर प्रमुख साह र नगरपालिकाले गरेको सरसफाई क्षेत्रको यो प्रयास सहराहनीय भएपनि नगरवासीले त्यस्ता सरसफाईका साधनहरुलाई प्रयोग गर्नु सके मात्र नगर सुन्दर सफा हुने छन् ।
विगतमा पनि गौर नगरपालिकाले फोहर व्यवस्थापनकाे लागि भाडोको व्यवस्था गरे पनि नगरवासीले त्यसलाई प्रयोग गर्नु जानेन या सकेन्न कुरा बुझनु आवश्यक रहेको छ । एउटा सचेत नगरिकले यस्ता कार्यहरु प्रति सधै सचेत हुने आवश्यक रहेको छ ।
बढदै गरेको आधुनिकता र शहरीकरणले फोहर व्यवस्थापन एउटा चुनैतिकै रुपमा रहेको हो । मेयरको एक्लप्रयासले मात्र शहरी नगर क्षेत्र सफासुधर हुदैन् । नगरबासीले सरसफाईको लागि शुरुवात आफुबाटै गर्नु पर्ने देखिन्छ । फोहर डस्टविनमै राख्ने बानी बसालनु पर्ने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here