रौतहट ।। रौतहटको माधवनारयण नगरपालिकाको सातौं नगरसभाको बन्दसत्र बुधवार सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ ।
नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको दुई महिनापछि बुधवार बन्दसत्र सम्पन्न भएको हो । बन्दसत्र सम्पन्न भएसँगै नगरपालिकाको सातौं नगरसभा पुर्णता पाएको छ ।
माधवनारायण नगर प्रमुख बैजुप्रसाद यादवको अध्यक्षतामा नगरपालिकाको कार्यालय माधोपुरको सभाहलमा आयोजना गरिएको बन्दसत्रबाट २६ वटा निर्णयहरु पारित गरिएको छ ।
आर्थिक वर्ष २०७९÷०८० का लागि नगरसभाको बन्दसत्रमा प्रस्तुत गरिएको विभिन्न २६ वटा प्रस्तावहरुमाथी छलफल गरी निर्णय पारित गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताएका छन् ।
नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण, नगरभरी विधालय व्यवस्थापन समिति गठन गर्ने, नगर प्रहरी व्यवस्थापन, नगरभित्र नक्सा पास गरी मात्र भवन निर्माण, गैर सरकारी संस्था मार्फत कार्य गर्ने गराउने देखी लिएर विभिन्न २६ वटा महत्वपुर्ण निर्णयहरु बन्दसत्रबाट छलफल गरी बहुमत सहित पारित गरिएको नगर प्रमुख यादवको भनाई छ ।
बन्दसत्रमा छलफलका लागि पेश गरिएको उक्त २६ वटै निर्णयहरु कार्यपालिका सदस्यको दुई तिहाई भन्दा बढी बहुमत सहित पास गरिएको उनले बताए ।
५१ सदसीय कार्यपालिका सदस्य रहेकोमा मेयर सहित ४३ जना सदस्यले बन्दसत्रको निर्णयमा हस्ताक्षर गरेको बताइएको छ । तर नगर उपप्रमुख निर्मला देवी रमन जयसवाल सहित वडा नं ६ का वडा अध्यक्ष राम नरेश यादव, वडा नं ७ का वडा अध्यक्ष दिलिप यादव सहित ७ जना कार्यपालिका सदस्यले उक्त बन्दसत्रको निर्णयको विरोध गरेका छन् ।
उनिहरुको विरोधका बाबजुद बहुमत पुगेकोले बहुमतको आधारमा बन्दसत्रको निर्णयहरु पारित गरिएको छ ।
त्यस्तै फतुवाविजयपुर नगरपालिकाले आजै नगर सभ सम्पन्न गरेको छ ।





