मुम्बइ ।। रणबीर कपूर र आलिया भट्ट अभिनित चलचित्र ‘ब्रह्मास्त्र’ ले शुरूको अन्तिम २ दिन (विकेन्ड)मा बम्पर कमाइ गरेको थियो ।
तीन दिनमा यस चलचित्रले ५ वटा भाषामा सार्वजनिक भएको यस चलचित्रले १२२.५८ करोड भारतीय रुपैयाँ कमाएको थियो ।
बुधवार बक्स अफिसमा चलचित्रको छैटौँ दिन हो । मंगलवारसम्ममा यस चलचित्रले १५० करोड रुपैयाँको आँकडा पार गरेको बताइएको छ ।
सोमवारदेखि भने चलचित्रको कमाइ लगातार गिरावट भएको बताइएको छ ।
पहिलो सोमवार १५.५ करोड भारतीय रुपैयाँ कमाएको यस चलचित्रले मंगलवार भने १२.५० करोड भारतीय रुपैयाँ कमाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सोमवारको तुलनामा मंगलवार १९ प्रतिशतले कमाइमा गिरावट आएको छ ।
यस चलचित्रको कुल कमाइ भारतमा मात्रै १५०.५८ करोड भारतीय रुपैयाँ पुगेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here