काठमाडाैं ।। आजदेखि भारी वर्षा हुने क्रम विस्तारै बढ्ने देखिएको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापिय रेखा नेपालतिर सरिरहेको तथा अर्को एउटा प्रणाली विकसित भएकाले ठूलो पानी पर्ने क्रम बढ्दै जाने मौसमविद्ले बताएका हुन् । मौसमविद् हिरा भट्टराईले विशेषगरी पश्चिमको तराई क्षेत्रमा भारी वर्षा हुने देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने मेघगर्जनर चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ भने पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here