काठमाडाैं ।। बेलायतका महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्को साता गरिने भएको छ । गत बिहीवार ९६ वर्ष उमेरमा निधन भएका एलिजावेथको आगामी सोमवार अर्थात सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने बताइएको छ । महारानी एलिजाबेथको अन्तिम यात्रा हिजोबाटै सुरु भइसकेको छ । स्कटल्याण्डको बालमोरल गेमकिपर अर्थात् उहाँका कर्मचारीहरू सवार रथ महारानीको पार्थिव शरीर लिएर एडिनबरास्थित प्यालेस अफ होलीरूडहाउस पुग्नेछन् । त्यसपछि उहाँको पार्थिव शरीर आज दिउँसो एडिनबराको सेनट गिल्स क्याथेड्रल लगिनेछ । जहाँ महारानीको पार्थिव शरीर २४ घन्टाका लागि राखिनेछ । र सर्वसाधारणले उहाँलाई श्रद्धाञ्जली दिन सक्नेछन् । भोलि मात्रै महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर लण्डन ल्याइनेछ । बुधवार दिउँसो मात्रै महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर वेस्टमिन्स्टर हल लगिनेछ । त्यसपछि वेस्टमिनिस्टर एबीमा १९ सेप्टेम्बरका दिन स्थानीय समय अनुसार बिहान ११ बजेअन्त्येष्ठि समारोहको आयोजना गरिनेछ । राजकीय सम्मानका साथ हुने अन्त्येष्ठि दुई साता लामो हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here