काठमाडौँ ।। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।
उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।
अल्मुताइरीले आफूले ५ सय २५ दिन नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षको रुपमा काम गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सबैलाई धन्यवाद दिएका छन् ।





