रौतहट ।। रौतहटमा अर्बौको लागतमा बियर कम्पनी सञ्चालनमा आएको छ । बियर कम्पनी सञ्चालनमा आएसँगै अब रौतहटमै बियर उत्पादन हुने भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं ९ डुमरीयामा बियर उत्पादन गर्ने कम्पनी ओम ब्रुअरी प्रा.लि. सञ्चालनमा आएको छ । जिल्लाको दोश्रो ठुलो चिनी मिलको रुपमा डुमरीयामै बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्ड्रस्टिज सञ्चालन गरेका रौतहटको सबैभन्दा ठुलो उद्योगपति बैजु बाबराले आफना दोश्रो ठुलो उद्योगको रुपमा उक्त बियर उत्पादन गर्ने कम्पनी सञ्चालन गरेका हुन् । पोखराको गोल्डेन हाउस पार्टी पैलेसमा सोमवार आयोजित एक कार्यक्रमका बिच ओम ब्रुअरी प्रा.लि.को उदघाटन गरिएको छ । गण्डकी प्रदेशका उधोग वाणिज्य महासंघका अध्यक्ष संजिव बहादुर बोहराले उक्त ओम ब्रुअरीको उद्घाटन गरेका हुन । ओम ब्रुअरीको उद्घाटन गरिएसँगै ओम ब्रुअरी सञ्चालनमा आएको अध्यक्ष उद्योगपति ओमप्रकाश जयसवालले बताएका छन् । ओम ब्रुअरी कम्पनीमा जोमसोम स्ट्रङ्ग र गोल्डेन आइस बियर उत्पादन हुने सिओ अभय प्रसाद बाबराले बताएका छन् । ओम ब्रुअरीका एमडि बैजु बाबरा मदिरा ब्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत रहेका छन् । विगत लामो समय देखि व्यवसायमा लागेका बाबराले जिल्लामै पहिलो पटक बियर बउत्पादन गर्ने कम्पनी सञ्चालमा ल्याएका हुन् । सो कम्पनीमा उत्पादित दुबै प्रकारका ब्रान्डेड बियर नेपाल भरि बिक्री हुने उनको भनाइ छ । सो कम्पनीमा झन्डै ३ सय भन्दा बढी व्यक्तिहरु रोजगार पाउनेछन । कटहरिया नगरपालिका वडा नं ९ डुमरिया निवासी उद्योगपति बैजु बाबराले यो भन्दा अघि जिल्लामा २ वटा कम्पनी संचालन गर्दै आएका छन् । उनको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज र ज्योति डिस्टिलरी कम्पनी संचालनमा रहेको छ । सो कम्पनीहरुमा झन्डै १५ सय भन्दा बढी श्रमिक काम गरिरहेको बाबराले बताएका छन् । सो कार्यक्रममा नेपाल भरीका मदिरा ब्यवसायीहरूको उपस्थिति रहेको थियो ।
Home मुख्य समाचार रौतहटको ओम ब्रुअरी प्रालि पोखरामा उद्घाटन, दुई प्रकारका ब्रान्डेड बियर उत्पादन हुने
रौतहटको ओम ब्रुअरी प्रालि पोखरामा उद्घाटन, दुई प्रकारका ब्रान्डेड बियर उत्पादन हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।