रौतहट ।। लाखौ खर्चमा हुने प्लास्टिक सर्जरी रौतहटको ४ जनालाई निशुल्क हुने भएको छ । आज गौर नगरपालिकाको सभाहलमा संचालन भएको निःशुल्क प्लास्टिक सर्जरी शिविरबाट वि एण्ड वि होस्पीटल काठमाडौंका प्राविधिकहरुद्वारा स्केनिंग गरि गौर सहित रौतहटका चार जना ओठ तथा तालु चिरिएर स्पष्ट बोल्न समस्या रहेका बिरामीहरु छनौट गरिएका छन ।
छनौट चारै जनालाई निशुल्क प्लास्टिक सर्जरीको लागि पठाइएको र सर्जरीका लागि छनौट बिरामीहरुलाई गाडी भाडा, खाना, बस्ने व्यवस्था र औषधीहरु बि एण्ड बि अस्पतालले निशुल्क उपलब्ध गराउने गौर नगरपालिका नगर प्रमुख शम्भु साहले बताउनु भयो ।
मेयर साहले, आफुले जनता प्रति परोपकारी कार्यको लागि आयोजक टीमलाई विशेष धन्यवाद दिदै चार जनालाई सिघ्र सर्जरी भई स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एस का अध्यक्ष माधव कुमार नेपाल र गाैर नगरपालिकाका मेयर शम्भु साहकाे पहलमा सम्पन्न भएकाे हाे । कार्यक्रममा वि एण्ड वि होस्पीटल काठमाडौका प्राविधिक टोली संगै गौर नपाका स्वास्थ्य प्रमुख सहितका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।





